15 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

जेल सजाय सुनाइएका अमेरिकी पत्रकार म्यानमारमा रिहा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक २९, २०७८  

यांगुन ।

सेना नियन्त्रित म्यानमारको अदालतद्वारा ११ वर्षको जेल सजाय सुनाइएका अमेरिकी पत्रकार ड्यानी फेन्स्टर आज अपरान्ह रिहा भएका छन् ।

निजी भ्रमणको सिलिसलामा म्यानमारमा पुगेको अमेरिकी राज्य न्यू मेक्सिकोका गभर्नर बिल रिचर्डसनलाई उध्दृत गर्दै सीएनएनले अमेरिका पत्रकार रिहाइ भएको जनाएको छ ।

पत्रकार फेन्सटरलाई अध्यागमन कानून उल्लंघन गरेको आरोपमा गतसाता त्यहाँको अदालते जेल सजायको फैसला सुनाएको थियो । राष्ट्रसंघका लागि पूर्व अमेरिकी राजदूत रिचर्डसन र पत्रकार फेन्सटरको तस्बिर पनि सार्वजनिक भएको छ ।

प्रकाशित मितिः सोमवार, कार्तिक २९, २०७८     4:39:01 PM  |