29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

सञ्जय दत्तकी छोरी भन्छिन्: मलाई माया गर्ने व्यक्ति मिल्नासाथ बिहे गरिहाल्छु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक २९, २०७८  

बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशालाले आइतबार राति इन्स्टाग्राममा ‘आस्क मि एनिथिङ’ मा फ्यानका प्रश्नको जवाफ दिएकी छन्। यस क्रममा फ्यानले त्रिशालालाई सोधेका छन्– बिहेको योजना के छ?

जवाफमा ३३ वर्षीया त्रिशालाले ‘यो उमेरमा डेटिङ डिजास्टर हुने’ उल्लेख गर्दै ‘प्रोपर जेन्टलम्यान’ पाए बिहे गर्ने बताइन्।

त्रिशालाले भनिन्, ‘मलाई माया, सम्मान र कदर गर्ने सपनाको राजकुमार पाए पक्कै बिहे गर्छु र ‘ह्याप्पी वाइफ एन्ड ह्याप्पी लाइफ’ भएर जिउँछु।’

साथै फ्यानहरूले त्रिशालालाई बलिउडमा आएर सञ्जय दत्तको विरासतलाई अगाडि बढाउने कुनै योजना छ कि भनेर पनि सोधे। जवाफमा उनले भनिन्, ‘होइन, म आफ्नो विरासतलाई पछि छाडेर काम गरिरहेकी छु।’

प्रकाशित मितिः सोमवार, कार्तिक २९, २०७८     3:36:09 PM  |