19 August 2022  |   शुक्रबार, भदौ ३, २०७९

नेपालगन्ज विमानस्थलमा सीता एयरको जहाजमा बँदेल ठोक्कियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक १६, २०७८  

File Photo

नेपालगन्ज ।

नेपालगन्ज विमानस्थलको धावनमार्गमा सीता एयरको जहाजमा बँदेल ठोक्किएको छ । नेपालगन्जबाट हुम्ला उड्ने तयारीमा रहेको सीताको जहाजमा मंगलबार बिहान ७ बजेतिर धावनमार्गमा बँदेल ठोक्किएको हो ।

नाइनएनएएचएवी कल साइन भएको जहाजमा धावनमार्गमा बँदेल ठोक्किएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बँदेल ठोक्किदा जहाजको टायरमा क्षती पुगेपनि मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए ।

जहाजमा रहेका १४ यात्रु तथा चालकदलका सदस्यहरु भने सकुशल नै रहेका छन् । जहाजको अगाडिको टायरमा प्वाल परेको बताइएको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

 

प्रकाशित मितिः मङ्लबार, कार्तिक १६, २०७८     10:03:37 AM  |