कोहलपुर– १३ को एमाले अध्यक्षमा डाँगी, सचिवमा बुढाथोकी निर्विरोध चयन



कोहलपुर ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोहलपुर नगरपालिका वडा नम्बर–१३ को वडा कमिटी अध्यक्षमा रुपसिङ डाँगी निर्विरोध चयन भएका छन् । शनिबार सम्पन्न भएको प्रथम ऐतिहासिक वडा अधिवेशनबाट डाँगीको नेत्तृवमा २६ सदस्सीय वडा कमिटी गठन गरिएको हो ।

जसको उपाध्यक्षमा पवित्रा रावल, सचिव लाल बहादुर बुढाथोकी, उप सचिव शुक बहादुर पचभैया र गुरूवचन थारु रहेका छन् । शनिबार नै भएको अधिवेशनबाट नगर अधिवेशनको लागि २२ जना प्रतिनिधी समेत छनोट गरिएको थियो ।

अधिवेशनमा पुर्व मन्त्री तथा प्रदेश कमिटी सदस्य आरती पौडेल, जिल्ला कमिटी सचिवालय सदस्य गोमा खनाल, जिल्ला कमिटी सदस्य ओम प्रकाश वली, लाल बहादुर राना, क्षेत्रीय कमिटी सदस्य रिम बहादुर खत्री, लाल बहादुर बुढाथोकी लगायत पार्टीका अन्य नेताहरूको उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक ७ गते आइतबार