17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

कोहलपुरका शिशिरलाई अन्तर्राष्ट्रिय पुरस्कार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८  

कोहलपुर ।

चित्रकार तथा कलाकार बिक्रम शिशिरले अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन् ।

बाँके निवासी शिशिर अन्तर्राष्ट्रिय पुरस्कारद्धारा पुरस्कृत भएका हुन् । लामो समयदेखि कलाकारितालाई कर्म बनाएका शिशिरले विश्व प्रख्यात कलाकार अटनुर डुगनको नामबाट स्थापित अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएका हुन् ।

१६० प्रतियोगिलाई उछिन्दै शिशिरले उक्त पुरस्कार हासिल गरेको बताइएको छ । ‘१६० जनालाई उछिन्दै पुरस्कार हासिल गर्न सफल भएको छु’ उनले भने, ‘यस पुरस्कारले आफुमा थप जिम्मेवारी र हौसला बढेको छ ।’

कलाकारका लागि कलाकार अन्तर्राष्ट्रिय खुल्ला अनलाईन चित्रकला प्रतियोगिता तथा प्रदर्शनीमा विभिन्न माध्यमबाट बनाईएका कलाकृतिहरूका आधारमा शिशिर पुरस्कृत भएका हुन् । नगेन न्यूज पब्लिकेसनले आयोजना गरेको उक्त प्रतियोगिता तथा प्रदर्शनी गत भदौ १२ गतेबाट सुरु भएको थियो ।

अन्तर्राष्ट्रिय चित्रकला प्रतियोगिता तथा प्रदर्शनीमा १५ देशका १६० प्रतियोगी २ जना अन्य कलाकार र ५ जना निर्णायकसहित १६७ कलाकारहरुको विभिन्न माध्यमबाट बनाईएका कलाकृतिहरू समावेश थिए ।

प्रतियोगिहरु मध्ये नेपालका शिशिरसहित विभिन्न देशका १२ जना कलाकार पुरस्कृत भएका हुन् ।

प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८     11:04:02 AM  |