26 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

स्वास्थ्य क्षेत्रलाई प्राथमिकता स्वागतयोग्य : युवराज खनाल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ २७, २०७८  

लुम्बिनी प्रदेश सरकारले नयाँ आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । विपक्षी गठबन्धनको बहिस्कारका बाबजुत सरकारले नयाँ नीति तथा कार्यक्रम ल्याएको हो । सरकारले असार १ गते बजेट ल्याउनु पूर्व नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नुपर्ने कानुनी अडचन रहेको छ । तर लुम्बिनी प्रदेशमा सत्ताधारी एमाले बाहेक अन्य दलले नीति तथा कार्यक्रम स्वीकार गरेका छैनन् । विपक्षी गठबन्धनले नीति तथा कार्यक्रम स्वीकार गर्ने बताएको छ । यस्तै सरकारले बजेट समेत ल्याउने भएकोले आगामी दिनमा कसरी अघि बढ्ने भनेर साझा छलफल समेत गर्न लागेको छ । विपक्षी गठबन्धनका अनुसार शंकर पोखरेल नेतृत्वको वर्तमान सरकार असंवैधानिक हो । सरकार हो । यसले कानुनी कार्य गर्न पाउँदैन । विरोधका बाबजुत प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, कोरोना महामारीले थलिएको अर्थतन्त्रलाई उकास्ने, पुराना र अधुरा योजनाको निरन्तरतालाई प्राथमिकतामा राखिएको प्रवक्ता चौधरीले बताए । ‘यसपटक खासै नयाँ कार्यक्रम हुने छैनन्, मूलरूपमा कोरोना नियन्त्रण, कोरोनाले अर्थमन्त्रमा पारेको असर न्यूनीकरण गर्ने गरी समावेश गरिएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रमका विषयमा हामीले लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदहरुलाई लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम कस्तो आयो भन्ने विषयमा जिज्ञासा राखेका छौँ, प्रस्तुत छ, मिसन टुडे दैनिकका लागि शुभाकर विश्वर्माले प्रदेश सांसदहरुसँग राखेको जिज्ञासामा उनीहरुको जवाफको सम्पादित अंश :

युवराज खनाल–पाल्पा
       नेकपा एमाले

कोरोना महामारी रोकथाम र नियन्त्रणको निम्ति सरकारले नीति तथा कार्यक्रम राम्रो ल्याएको छ । यसको कार्यान्वयनका लागि सरकारले बजेटमा कसरी ल्याउने हो, त्यो हेर्न बाँकी नै छ । यसको कार्यान्वयन नै मुख्य कुरा हो । यसमा ध्यान दिनुपर्छ । समग्रमा नीति तथा कार्यक्रम ठिकै छ । स्वास्थ्यक्षेत्रलाई प्राथमिकता दिएको छ । अहिलेको आवश्यकता नै यही हो । किन भने हामी महामारीसँग जुधिरहेका छौँ । यो स्वास्थ्य सेवा केन्द्रीत पनि छ । अर्कोतिर कृषि क्षेत्रलाई उत्पादनसँग जोड्नको लागि राम्रा नीति ल्याइएको छ । अहिले सरकारका विषयमा प्रश्न पनि उठाइएको देखिन्छ । त्यतिबेला बहुमत जुटाएर नै सरकार बनेको हो । केहीले राजिनामा गर्नुभयो, अर्को तर्फ पनि जानु भयो । अहिले सरकारलाई जसपाका चार जनाको समर्थन पनि रहेको छ ।  उहाँहरुको विषयमा अदालतले पनि पूर्ण फैलसा गर्ने नै छ । अहिले सरकार बहुमत मै छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ २७, २०७८     7:43:37 AM  |