कोहलपुर ।
पछिल्लो २४ घण्टामा मंगलबार बाँकेमा थप ९४ कोरोना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन् । ३३ महिला र ६१ पुरुष गरेर थप ९४ जनाले कोरोना जितेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । योसँगै बाँकेमा अहिलेसम्म १६ हजार १ सय ६ ले कोरोना जितेका छन् ।
कोरोना जित्नेहरुमा ६ हजार ८ सय ४२ महिला र ९ हजार २ सय ६४ पुरुष रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । पछिल्लो २४ घण्टामा ९४ डिस्चार्ज हुँदा थप २५ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।
१२ महिला र १३ पुरुषमा संक्रमण देखिएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा १२ महिला र १२ पुरुष गरि २४ तथा बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा १ पुरुषमा संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ८९ पुगेको छ ।
तीमध्ये ७ हजार २ सय ७१ महिला र ९ हजार ८ सय १८ पुरुषहरु रहेका छन् । मंगलबार बाँकेमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये २५ महिला र ४३ पुरुष रहेका थिए । पछिल्लो २४ घण्टामा बाँकेका अस्पतालहरुमा जिल्लाभित्रका २ र बाहिरी जिल्लाका ५ गरेर ७ संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो ।
योसँगै बाँकेका २ सय ९५ र बाहिरी जिल्लाका २ सय ९२ गरि कुल ५ सय ८७ को उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेको तथ्यांकमा उल्लेख रहेको छ । मंगलबारसम्म जिल्लामा ३ सय ५ महिला र ३ सय ८३ पुरुष गरेर ६ सय ८८ सक्रिय संक्रमित रहेका थिए ।
तीमध्ये २ सय ९४ महिला र ३ सय ४६ पुरुष गरेर ६ सय ४० जना होम आइसोलेसनमा रहेका छन् । ३ सय ४ जना भने अस्पताल र आइसोलेसन सेन्टरमा रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेको तथ्यांकमा उल्लेख रहेको छ । जिल्लाका अस्पतालमा बाहिरी जिल्लाका २ सय ५६ कोरोना संक्रमितको उपचार भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्