9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

बाँकेमा दाङका थप दुई संक्रमितको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८  

नेपालगन्ज ।

बाँकेमा थप दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुने दुबै जना दाङका हुन्।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको ‘जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र’ बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।

उनका अनुसार राप्ती गाउँपालिका वडा नम्बर ६ दाङकी ५२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनको आज९शनिबार० बिहान ६ बजेर ३० मिनेटमा मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या आएपछि उनी शुक्रबार९हिजो० शिक्षण अस्पतालमा आएर भर्ना भएकी थिईन्। मेडिकल कलेजमा पिसिआर परीक्षण गर्दा शुक्रबार उनलाई कोरोना पुष्टी भएको थियो।

यस्तै लमही नगरपालिका वडा नम्बर ३ दाङका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको छ। शिक्षण अस्पताल कोहलपुरमै शुक्रबार राती ७ बजेर १५ मिनेटमा मृत्यु भएको हो। यही जेठ ९ गते दाङमा पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएको थियो। त्यसपछि जेठ १३ गते शिक्षण अस्पताल कोहलपुरमा आएर भर्ना भएका थिए।

प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८     10:00:36 AM  |