17 May 2024  |   शनिबार, जेष्ठ ५, २०८१

नेपालमा कोरोनाभाइरस : ९,८४१ जना निको, ६,९५१ संक्रमित थपिए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८  

काठमाडौं : शुक्रबार नेपालमा कोरोनाभाइरसका ६,९५१ जना संक्रमित थपिएका छन् । २० हजार ११० नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ ।

निको हुने संख्यामा वृद्धि भएको छ । ९८४१ जना निको भएका छन् । निको हुने दर ७८।०७ प्रतिशत पुगेको छ ।

सक्रिय संक्रमित संख्या पनि ओरालो लागेको छ । १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित छन् ।

कूल संक्रमित संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । कूल मृत्यु संख्या ७ हजार ४७ पुगेको छ । कूल निको हुने संख्या ४ लाख २८ हजार पुगेको छ ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८     4:35:21 PM  |