स्वास्थ्यकर्मीमाथी कुटपिटः झरीको प्रवाह नगरी भेरीका अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित



मृतकका आफन्तले लखेटेपछि ज्यान जोगाउन तीन जना नर्सले अस्पतालको दुई तलमाथिबाट हाम फालेका थिए ।

मृतकका आफन्तले भेन्टिलेटरसमेत तोडफोड गरेको थिए । बिरामी कुरुवाको आक्रमणमा परी चार जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएको अस्पतालले जनाएको छ । घटनालगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने अन्यको खोजी भइरहेकाे जनाइएकाे छ ।

के स्वास्थ्यकर्मीले सधैं कुटाइ नै खाने हाे ? नाे सेक्युरिटी, नाे वर्क लेखिएका प्लेकार्ड बाेकेर भेरी अस्पतालका स्वास्थ्यकर्मीले विराेध प्रदर्शन गरेका हुन् ।

तस्वीरहरूः विमल चन्द

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १४ गते शुक्रबार