खोपका लागि चीनसँग उपप्रमको आग्रह



काठमाडौँ,  (रासस) उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसविरुद्वको खोप सहयोग गरिदिन चिनियाँ कम्युनिष्ट पार्टीसँग आग्रह गर्नुभएको छ ।

नेपालका प्रमुख राजनीतिक दल र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको भर्चुअल बैठकमा उहाँले चीनका पार्टीका विदेश विभाग प्रमुख सोङ तावोसँग खोप सहयोगका लागि आग्रह गर्नुभएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।

नेकपा (एमाले)का महासचिव समेत उपप्रधानमन्त्री पोखरेलले खोपका लागि दुई देशबीच ठोस सहकार्यको जरुरत रहेको भन्दै सहयोगका लागि आग्रह गर्नुभएको हो । यसअघि चीनले कोभिड–१९ विरुद्ध भेरोसेल खोप आठ लाख मात्रा नेपाललाई अनुदानस्वरूप उपलब्ध गराइसकेको छ ।

“नेपालीहरूको जीवन रक्षा गर्नुका साथै नेपाललाई कोरोना मुक्त गरी अर्थतन्त्रलाई पुरानै ठाउँमा फर्काउन दुई देशबीच खोपमा सहकार्यको जरुरत रहेको छ, ”उहाँले भन्नुभयो, “दुई देशबीचको गहिरो सम्बन्धका कारण खोप सहयोग हुनेमा म आशावादी छु ।”

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १४ गते शुक्रबार