25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

बाँकेमा थप ८ संक्रमितको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८  

कोहलपुर ।

बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।

संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा पाँच जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा तीनजना गरि थप आठ जनाको मृत्यु भएको जिल्लाका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

मृत्यु हुनेहरुमा नेपालगन्ज उपमहानगरपालिका–२० बाँकेका ५७ वर्षीय पुरुष, जानकी गाउँपालिका–९ कैलालीका ७४ वर्षीया महिला, बाँसगढी नगरपालिका–५ बर्दियाका ७५ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–२० बाँकेका ५५ वर्षीया महिला रहेका छन् ।

त्यस्तै उपचारका क्रममा पुनर्वास नगरपालिका–६ कंचनपुरका ४७ वर्षीया महिला, घोराही उपमहानगरपालिका–३ दाङका ५६ वर्षीया महिला, गुलरिया नगरपालिका–५ बर्दियाका ८० वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका १८ की ७३ वर्षीया महिलाको समेत कोभिड संक्रमणकै कारण मृत्यु भएको थियो ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २६४ जना र जिल्लाकै २८५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८     1:41:26 PM  |