26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

कोहलपुरमा छोराको विभत्स हत्या गर्ने बाबु पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८  

कोहलपुर ।

बाँकेको कोहलपुरमा छोराको विभत्स हत्या गर्ने बाबु पक्राउ परेका छन् ।

बुधबार राती करिब ९ बजेतिर कोहलपुर नगरपालिका, १२ चप्परगौडीका ५० वर्षीय ठाकुर प्रसाद ओलीले आफ्नै अन्दाजी १८/१९ वर्षीय छोरा पोषणको हत्या गरेका थिए ।

घटनालगत्तै ईलाका प्रहरी कार्यालय कोहलपुरबाट पुगेको प्रहरी टोलीले छोराको हत्या गर्ने बाबुलाई घरबाटै पक्राउ गरेको थियो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले ठाकुरले नुहाउँदै गरेका छोराको घाँटीमा खुर्पा प्रहार गरेर हत्या गरेको जानकारी दिए । उनले नुहाउँदै गरेका छोरालाई पछाडीबाट घाँटीमा खुर्पा प्रहार गरेका थिए ।

पोषणलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएपछि चिकित्सकहरुले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीले खुर्पा समेत नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट घरयासी कारणले बाबुले नै छोराको हत्या गरेको खुल्न आएको कोहलपुर प्रहरीले जनाएको छ । पोषणको शवलाई भेरी अस्पतालमा राखिएको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८     12:11:19 PM  |