19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

बाँकेमा थप २२ मा संक्रमण, १ सय २५ जना कोरोना जितेर डिस्चार्ज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८  

कोहलपुर ।

बाँकेमा पछिल्लो २४ घण्टामा बुधबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो कोरोनाको दोस्रो लहर सुरु भएयताकै सबैभन्दा कम संक्रमित थपिने संख्या हो । जिल्लाका दुई प्रयोगशालामा गरिएको परीक्षणमा १२ महिला र १० पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

मेडिकल कलेज कोहलपुरको ल्याबमा गरिएको परीक्षणमा ६ महिला र ७ पुरुष गरेर १३ तथा बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा ६ महिला र ३ पुरुष गरेर ९ जनामा संक्रमण देखिएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ८ सय १८ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी
दिए । तीमध्ये ७ हजार १ सय ६३ महिला र ९ हजार ६ सय ५५ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा २२ नयाँ संक्रमित थपिदाँ ५८ महिला र ६७ पुरुष गरेर १ सय २५ जना कोरोना जितेर डिस्चार्ज भएका थिए । योसँगै बाँकेमा डिस्चार्ज हुनेहरुको संख्या १५ हजार २ सय ६३ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले बताए । कोरोना जित्नेहरुमा ६ हजार ४ सय ८७ महिला र ८ हजार ७ सय ७६ पुरुषहरु रहेका छन् ।

पछिल्लो २४ घण्टामा बाँकेका अस्पतालमा बाँकेका ३ जनासहित थप ७ जना संक्रमितको उपचारका क्रममैे मृत्यु भएको थियो । संक्रमितमध्ये बाँके भित्रका २ सय ८२ जनाको मृत्यु भइसकेको छ । जिल्लामा १ हजार २ सय ७३ जना आइसोलेसनमा रहँदा ३ सय ६६ जना अस्पताल र आइसोलेसन सेन्टरमा रहेका छन् । १ हजार ५८ जना होम आइसोलेसनमा रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेको तथ्यांकमा उल्लेख रहेको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८     7:20:37 AM  |