जेसीबी दुर्घटनामा चालकको मृत्यु



कोहलपुर ।

पूर्व पश्चिम राजमार्ग अन्तरर्गत कोहलपुर अगैया सडक खण्डको सुखार खोलामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर अर्का एकजना घाइते भएका छन् ।

राप्तीसोनारी–२ मा पर्ने सुखार खोलाको पुलमा ट्रकले जेसीबीलाई ठक्कर दिदाँ बुधबार उक्त दुर्घटना भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ठक्कर पश्चात जेसीबी पुलबाट तल खोलामा खसेको थियो ।

कोहलपुरबाट पूर्व तर्फ जाँदै गरेको रा १ क ७५२ नम्बरको जेसीबीलाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख १७२१ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएको हो । दुर्घटनामा परेर जेसीबी चालक राप्ती सोनारी गाउँपालिका–४ का बल बहादुर चौधरीको दुर्घटना घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जेसीबीका सह–चालक राप्ती सोनारी– ५ का हेमराज बस्नेत गम्भिर घाइते भएका छन् । घाईते बस्नेतको टाउको र खुट्टामा गहिरो चोट लागेको छ । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय कोहलपुरको जिम्मा लगाईएको प्रहरी चौकी अगैयाले
जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १३ गते बिहीबार