25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

कोरोनाका कारण मृत्युदर वृद्धि हुनुमा मेरो देखाइ र भोगाइ : उवासंघका केन्द्रिय सदस्य अधिकारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८  

कोहलपुर ।

कोहलपुर क्षेत्रमा कोरोनाका कारणले मृत्युदर बृद्धि हुनका कारण यस्ता छन भन्दै फेसबुकमा यस्तो लेखेका छन् ।

१) कोहलपुर मेडिकल कलेजबाट पि. सि. आर. रिपोर्ट आउन ५ देखि ७ दिन लाग्नु र उक्त समयमा कोरोना तिव्र गतिमा फैलनु तथा लक्षण देखिएका बिरामिलाइ रिपोर्ट बेलामा नदिनु र भर्नापनि नलिनु  !

२) मेडिकल कलेजमा भर्ना प्रक्रियामा ढिलाइ, कोभिड पेइङ्वार्ड, आइ. सि. यु. वार्ड र क्याविन खाली हुदा समेत डा. नितेस, डा. दिनेस र सोर्स–फोर्स बिना भर्ना नलिनु  !

३) २४ घण्टामा डा. एकपटक मात्र आउनु र बिरामिको समस्या नबुझी स्टाफ–नर्सको भरमा बिरामी बस्नुपर्ने  !

४) कोरोनाको अति आवस्यक औषधि हस्पिटल भित्र सेटिङ्मा मात्र उपलब्ध हुने अन्यथा औषधि खोज्न दिनभर लाग्ने  !

५) हस्पिटलका बेडहरु खाली हुदा समेत लगानीकर्ता दिनेश श्रेष्ठ, लगानीकर्ता सुरेश कनोडियालाइ जानकारी गराउदा डा. को समस्या देखाएर पन्छिनु  !

६) बाकेका जिम्मेवार पक्ष गैर जिम्मेवार भैदिन, अनुगमन नगर्नु र पत्रकारहरुको पनि यसमा आफ्नो कुनै भुमिका नदेखिनु !

प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८     8:10:51 AM  |