29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

कोरोनाबाट राप्तीसोनारीका २३ वर्षीय पुरुषको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८  

नेपालगन्ज ।

कोरोना भाइरस संक्रमणका कारण भेरी अस्पताल नेपालगन्जमा थप एकजनाको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिका- ५ का २३ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । बैशाख २२ गते पीसीआर परीक्षण गरेका उनी थप उपचारका लागि बैशाख २४ मा भेरी अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए ।

स्वास्थ्यमा सुधार नआउँदा उनको आज ४ ३५ बजे मृत्यु भएको जिल्लाका कोभिड फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो । योसँगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म बाँकेका २८० जनाको मृत्यु भएको छ ।

संक्रमणकै कारण जिल्ला बाहिरका २५६ जनाको समेत बाँकेमा मृत्यु भएको छ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८     7:30:59 PM  |