14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

राेल्पाका एक वडा अध्यक्षको विद्यालयमै कमाउ धन्दा, असहमति जनाउदै प्रअले दिइन् राजीनामा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८  

राेल्पा –    राेल्पाकाे गंगादेव गाउँपालिकास्थित गंगा माद्यामिक विद्यालयकी प्रधानाध्यापक नीमा बुढामगरले पदबाट राजीनामा दिएकी छन्।

विव्यस अध्यक्ष तथा वडा नं. २ का अध्यक्ष भूपाल दमाइले विद्यालयका विभिन्न याेजनाहरूमा नियम विपरित काम गर्न दबाब दिएपछि उनी प्रअबाट राजिनामा पेश गर्न बाध्य भएकी हुन्।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत् छनाैट भएको दुई कोठे भवन निर्माणको क्रममा नीतिगत निर्णयमा वडा अध्यक्ष दमाइले सेटिङ मिलाउँदै नियम विपरीत निर्णय गर्न बारम्बार दबाब दिएको बताइएको छ।

विद्यालयका हरेक याेजनामा स्थानीय तथा अभिभावकहरुको सल्लाह नसुनि एकलौटी ढंगले काम गराई अनियमितता गर्ने गरेकाे वडा अध्यक्षलाई पटकपटक आराेप लाग्ने गरेको छ। गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीकाे साथ पाउँदा उनले गरेका हरेक आर्थिक अनियमितताकाे काममा छानवीन समेत नभएको स्थानीयहरूकाे गुनासाे छ।

एकातर्फ वडा अध्यक्ष दमाइकाे नियम विपरीत दबाब र अर्काेतर्फ स्थानीयकाे आलाेचनाका बीच काम गर्न सक्ने बातावरणमा भएकाे बताउँदै प्रअ बुढामगरले पदबाट राजीनामा दिएको बताएकी छन्।

प्रअबाट राजीनामा दिएपनि विद्यालक हरेक काममा बफादारीता पूर्वक जिम्मेवारी बहन गर्ने उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन्।

उनी गाँउपालिकाभित्र माद्यामिक तहको एक मात्र महिला प्रधानाध्यापक हुन्। उनले आफ्नाे कार्यकालमा शैक्षिक सुधारका राम्रो काम गरेकाे र विद्यालयमा हुने अनियमितताविरुद्ध दह्रो अडानका साथ लाग्ने प्रयास गरेको स्थानीयहरू बताउँछन्।

केही दिनअघि गाउँपालिका अध्यक्षकाे आडमा वडा अध्यक्ष तथा विव्यस अध्यक्ष दमाइले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको- २ कोठे आर.सी.सी. भवन निर्माण पूर्व गोप्य सहमतिमा अर्काे वडाका देव वहादुर पुनलाई दबाबमार्फत् नियम विपरीत सीधै ठेक्का दिने निर्णय गरेका छन्।

विद्यालय शिक्षक अभिभावक संघ र स्थानीयको तीब्र बिरोध हुँदाहुँदै सेटीङको आधारमा पुनलाई ठेक्का दिने निर्णय गरेका हुन्।

माओबादी केन्द्र बाट निर्वाचित वडा अध्यक्षको पैसा कमाउ धन्दाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको दुइ कोठे भवन निर्माणमा विवाद देखिएको छ। उनीमाथि यसअघि पटकपटक आर्थिक अनियमितता गरेको आराेप लागेपनि गाउँपालिका अध्यक्षकाे साथ पाउदा उम्किरहेका छन्।साभार बि याल

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८     7:26:33 PM  |