9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

गोली लागेर गम्भीर घाइते भएका माओवादी नेता पाण्डेको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८  

नेपालगन्ज ।

गोली प्रहारबाट गम्भीर घाइते भएका कपिलवस्तु माओवादी केन्द्रका जिल्ला सदस्य दिपक पाण्डेको उपचारका क्रममा निधन भएको छ ।

भैरहवामा उपचारका क्रममा अवस्था गम्भीर भएपछि हेलिकप्टरमा काठमाडौं पुर्याएको एक घण्टामा नै गए राति पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।

तीन जनाको समूह मा आएका व्यक्तिहरुले नेता पाण्डे र एक भारतीय नागरिकमाथि गत बुधबार तौलिहवा–जितपुर सडकखण्डको सडवामा गोली प्रहार गरेका थिए ।

पेट र कम्मरमा २ वटा गोली लागेका पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार हुन नसकेपछि गए राति ८ बजे हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो ।

प्रहरीले उनीहरुमाथि आक्रमण गरेको आरोपमा २ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा नं १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अली छन् ।

पाखुरामा एउटा गोली लागेका भारतीय नागरिकको अवस्था भने सामान्य छ । उनी उपचारपछि घर फर्केका छन् । प्रहरीको साबिक अनुसन्धानमा रिसीभीका कारण गोली हानेको पक्राउ परेका व्यक्तिहरुले बयानमा बताएका छन् ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८     9:15:57 AM  |