5 December 2021  |   आइतवार, मंसिर १९, २०७८

४८ घण्टामा बाँकेका एक संक्रमितको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८  

कोहलपुर ।

पछिल्लो २४ घण्टामा सोमबार बाँकेमा १ सय ६६ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका अनुसार ६४ महिला र १ सय २ पुरुषहरु कोरोना जितेर डिस्चार्ज भएका हुन् ।

योसँगै बाँकेमा कोरोना जितेर घर फर्किनेहरुको संख्या १४ हजार ८ सय ४५ पुगेको छ । जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार तीमध्ये ६ हजार २ सय ९९ महिला र ८ हजार ५ सय ४६ पुरुष रहेका छन् । बैशाखको अन्तिम सातादेखि जिल्लामा डिस्चार्ज हुनेहरुको संख्या बढिरहेको उनले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १ सय ६६ डिस्चार्ज हुँदा ४० जना मात्र नयाँ संक्रमित थपिएका थिए । जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका अनुसार २४ महिला र १६ पुरुष गरि ४० जना नयाँ संक्रमित थपिएका हुन् ।

मेडिकल कलेज कोहलपुरमा ल्याबमा गरिएको परीक्षणमा १७ महिला र ११ पुरुष गरि २८ तथा बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा ७ महिला र ५ पुरुष गरेर १२ जनामा संक्रमण पुष्टि भएको फोकल पर्सन ओलीले जानकारी दिए । उनका अनुसार योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ४९ पुगेको छ ।

तीमध्ये ७ हजार ३७ महिला र ९ हजार ५ सय १२ पुरुष रहेका छन् । जिल्ला दुई प्रयोगशालामा सोमबार ३० महिला र ३३ पुरुष गरेर बाहिरी जिल्लाका ६३ जनामा संक्रमण पुष्टि भएको थियो । जिल्लामा पछिल्लो ४८ घण्टामा बाँकेका एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा कोहलपुर नगरपालिकाका एक पुरुष रहेका छन् ।

योसँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय ७४ पुगेको छ । जिल्लाका अस्पतालमा पछिल्लो २४ घण्टामा बाहिरी जिल्लाबाट उपचारको लागि आएका एक महिला र ५ पुरुष गरेर ६ जनाको मृत्यु भएको थियो ।

योसँगै बाँकेमा मृत्यु हुने बाहिरी जिल्लाका संक्रमितको संख्या २ सय ४६ पुगेको फोकल पर्सन ओलीले जानकारी दिए । सोमबार साँझसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ३० रहेको थियो । तीमध्ये ११ सय ८५ जना होम आइसोलेसनमा रहेका थिए ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८     5:20:04 AM  |