सुनचाँदी ब्यवसायीको जनमुखी काम, संक्रमितलाई औषधि-स्वास्थ्य सामग्री सहयोग



कोहलपुर ।

विश्व महामारीको चपेटामा परेको बेलामा बाँके सुनचाँदी तथा गहना व्यवसायी संघले आफ्नो क्षेत्रका संक्रमितका लागि औषधि र अन्य सामग्री सहयोग गरेको छ । आफ्नो क्षेत्रमा स्थापना गरिएको को’भिड अस्पतालमा उपचारार्थहरुका लागि औषधि र अन्य सामग्री सहयोग गरेको हो । अस्पतालमा भर्ना भएकाहरुले नै उपचार नपाएको बेलामा सुनचाँदी तथा गहना ब्यवसायीले अस्पतालका लागि औषधि सहयोग गरेका हुन् ।

संघका महासचिव जगत रामदामले विश्वभरिमा महामारीको रुपमा फैलिएको को’भिडलाई मध्यनजर गर्दै कोहलपुर नगरपालिकाले कोहलपुर २ प्रेम नगरमा संचालन गरेको को’भिड अस्थायी अस्पतालका लागि केही सहजता होस् भनेर बिभिन्न अत्यावश्यक औषधी, स्वास्थ्य सामग्री तथा फलफूल कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत तथा उप-प्रमुख सन्जु कुमारी चौधरीलाई हस्तान्तरण गरेको जानकारी दिए ।

औषधी सहजीकरणको लागी डा सन्तोष वि सी तथा शिशिर चन्द ठकुरी, गोपाल प्रसाद अधिकारी समेत उपस्थित भएका थिए । नगर प्रमुख रावतले बाँके सुनचाँदी तथा गहना व्यवसायी संघका सम्पूर्ण सदस्यहरूलाई सहयोगका हात अघि बढाएकोमा धन्यवाद दिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १० गते सोमबार