8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

एक महिनाको अवधिमा शनिबार र आईतबार कसैको पनि मृत्यु नभएको रात

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १०, २०७८  

– नेपालगन्ज 

कोरोनाको दोस्रो लहर सुरु भएयता गत एक महिनाको अवधिमा पहिलोपटक शनिबार र आईतबार राति बाँकेका कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले शनिबार अपराह्न चार बजेदेखि सोमबार बिहान ८ बजेसम्म बाँकेको भेरी अस्पताल र मेडिकल कलेजमा पहिलोपटक जिल्लाका कुनै पनि सङ्क्रमितको मृत्यु नभएको बताए ।

तर, सो अवधीमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका १३ जना सङ्क्रमितको भने उपचारकै क्रममा मृत्यु भएको उनले बताए । जसमध्ये शनिबार राती ८ जना र आईतबार राती ५ जना रहेका छन । उनिहरु सबै बाहिरी जिल्लाबाट उपचारकालागि बाँके आएका संक्रमित थिए ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १०, २०७८     11:14:05 AM  |