18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

फरार प्रतिवादी पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ ९, २०७८  

कोहलपुर ।

जिल्ला प्रहरी कार्यालय बाँकेले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका एक प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका नेपालगञ्ज उपमहानगरपालिका वडा ३ एकलैनीका २७ वर्षीय सदाव हलुवाई रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले जानकारी दिए ।

उनका अनुसार शनिबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । जिल्ला अदालत बाँकेले २०७७ पुस १ गते हलुवाईलाई ५ महिला कैद फैसला गरेको थियो ।

अदालतको फैसलायता उनी फरार रहेका थिए । हलुवाईलाई प्रहरीले आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेले हालसम्म ५ सय ८० जना फरार अभियुक्तहरुलाई पक्राउ गरिसकेको छ ।

यो अभियान अझै पनि जारी नै रहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

प्रकाशित मितिः आइतवार, जेष्ठ ९, २०७८     10:46:42 AM  |