मधुर पौडेल । बर्दिया ।
बर्दियाको बाँसगढी नगरपालिकाले किसानहरुलाई अनुदानमा विभिन्न कृषि यन्त्रहरु वितरण गरेको हो । नगर कृषि विकास शाखाले नगरपालिका भित्रका विभिन्न सहकारी, कृषि समूह र व्यवसायीक कृषि फर्मलाई अनुदानमा कृषि यन्त्र वितरण गरेको हो ।
नगर भित्रका २८ वटा कृषि समूह, कृषि सहकारी र व्यवसायिक कृषि फर्मलाई छनौट गरेर ५०
प्रतिशत अनुदानमा कृषि औजार उपकरण वितरण गरिएको कृषि विकास शाखाका प्रमुख लाल बहादुर खड्काले जानकारी दिए ।
चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार किसानहरुलाई
आवश्यक पर्ने कृषि औजारहरु ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो । ‘२६ लाख कृषि विकास शाखाको अनुदान र २६ लाख विभिन्न समूहको गरेर कुल ५२ लाख बराबरका कृषि औजारहरु वितरण गरिएको थियो ।’
किसानहरुको मागको आधारमा विभिन्न कृषि औजारहरु वितरण गरिएको शाखाका प्रमुख खड्काले बताए । ‘छनौट गरिएका कृषक समूह, कृषि सहकारी र कृषि फर्महरुसँग सम्झौता गरिएको छ’ उनले भने, ‘सोही अनुसार खरिदको लागि पहिलो चरणमा अनुदानको ५० प्रतिशत रकम प्रदान गरिएको थियो ।’
कृषि यन्त्र वितरण कार्यक्रममा बोल्दै बाँसगढी नगरपालिका उप–प्रमुख सुस्मा कुमारी चौधरी परम्परागत खेती प्रणालीको विस्तार निरुत्साहित गर्नको लागि कृषि औजार उपकरण वितरण गरिएको बताइन् । ‘अब कृषिमा समे
त आधुनिक खेती प्रणाली अवलम्बन गर्नुपर्ने जरुरी रहेको छ’ उनले भनिन्, ‘अब किसानहरु परम्परागत होइन, आधुनिक व्यवसायीक किसान बन्नुपर्छ ।’
अनुदानमा प्राप्त भएका कृषि औजारहरुलाई सही सदुपयोग गरेर उत्पादन वृद्धि गर्नुपर्ने अहिलेको आवश्यकता रहेको नगर उप–प्रमुख चौधरीले बताइन् । नगरभित्र रहेका सबै वडामा रहेका कृषक समूह, कृषि सहकारी र कृषि फर्महरुलाई अनुदानमा कृषि औजार वितरण गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्