20 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

रातभरीमा बाँकेमा थप ८ संक्रमितको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ६, २०७८  

नेपालगञ्ज ।

कोरोना भाइरस संक्रमणका कारण बाँकेमा २८ वर्षीया महिला सहित थप ८ जनाको मृत्यु भएको छ ।

संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा सात जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा थप एकजना संक्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

उनका अनुसार भेरी अस्पतालमा उपचारका क्रममा हिजो साझँ ५ बजे डुडुवा गाउँपालिका-५ बाँकेका २८ वर्षीया महिलाको मृत्यु भएको छ । त्यस्तै भेरीमै हिजो ५:४५ बजे खजुरा गाउँपालिका-३ बाँकेका ८५ वर्षीय वृद्ध, ६:३० बजे बासगढी नगरपालिका-४ बर्दियाका ४२ वर्षीय पुरुष, ७:३० बजे तुलसीपुर उपमहानगरपालिका-३ दाङका ६५ वर्षीय पुरुषको समेत कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।

यसैबिच बैशाख २९ मा पीसीआर परीक्षण गरि थप उपचारका लागि जेष्ठ ४ गते भेरी अस्पतालमा भर्ना भएका बढैयाताल गाउँपालिका, ८ बर्दियाका ४५ वर्षीय पुरुषको हिजो राती ८:३० बजे संक्रमणकै कारण मृत्यु भएको अस्पताले जनाएको छ ।

यस्तै घोडाघोडी नगरपालिका- ४ कैलालीका ४५ वर्षीय पुरुषको आज बिहान १ बजे, गुलरिया नगरपालिका ४ बर्दियाका ६१ वर्षीया महिलाको आजै बिहान १:१५ बजे मृत्यु भएको छ ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा राप्तिसोनारी गाउँपालिका- ६ बाँकेका ५४ वर्षीय पुरुषको आज बिहान १:२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण हाालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २१४ जना र जिल्लाकै २५६ जनाको मृत्यु भईसकेको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ६, २०७८     9:53:41 AM  |