19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

स्वास्थ्य सामग्री लिएर जाजरकोट जाँदै गरेको जीप दुर्घटना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ६, २०७८  

कोहलपुर ।

रत्न राजमार्ग अन्तरर्गत बाँकेको बैजनाथ गाउँपालिका, १ चिसापानी नजिकै जीप र ट्रक ठोक्किएका छन् ।

बुधबार दिउँसो निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको चेकपोष्ट भन्दा करिब २ किलोमिटर सुर्खेततर्फ जीप र ट्रक ठोक्किएका जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

लु २ च २९ ३६ नम्बरको जीप नेपालगञ्जबाट जाजरकोटको जुनिचाँदे गाउँपालिकाको लागि स्वास्थ्य सामग्री लिएर जाँदै गरेको थियो । ओभर टेक गर्ने क्रममा ट्रकले मोडमा जीपलाई अगाडीबाट ठक्कर दिएको बताइएको छ ।

ठक्करबाट जीप अगाडीमा भागमा क्षती पुगेको छ । दुर्घटनामा परेर जीपमा सवार केही मानिसहरु सामान्य घाइते भएको चिसापानी प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर जुनिचाँदेका स्वास्थ्य संयोजक प्रेम बहादुर शाही र जीप चालक सामान्य घाइते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

दुर्घटनापछि जीपमा रहेको स्वास्थ्य सामग्री अर्को गाडीमा राखेर जाजरकोट पठाइएको प्रहरीले जनाएको छ । केही दिनअघि मात्र नेपालगञ्जबाट अक्सिजन लिएर दाङ जाँदै गरेको जीप बाँकेको अगैया दुर्घटनामा परेको थियो ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ६, २०७८     9:26:37 AM  |