5 December 2021  |   आइतवार, मंसिर १९, २०७८

कर्तब्य ज्यान र डाँका मुद्दामा फरार अभियुक्त पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ६, २०७८  

नेपालगञ्ज ।

जिल्ला प्रहरी कार्यालय बाँकेले कर्तब्य ज्यान र डाँका मुद्दामा संलग्न रहेका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ ।

जिल्लाको साविक उढरापुर गाविस ६ हाल खजुरा गाउपालिका ५ बस्ने बर्ष २९ को लियाकत अलि वेहना भन्ने पेलरु बेहनालाई बाँके प्रहरीले पक्राउ गरेको हो । उनी बिरुद्ध २०७० कात्तिक ३ गते कर्तब्य ज्यान र डाँका मुद्दा दर्ता भएको थियो ।

त्यसबेलादेखि फरार रहेका बेहनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले जानकारी दिए ।

उनका अनुसार बेहनालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत बाँकेमा उपस्थित गराईएको छ ।

बाँके प्रहरीले हालसम्म ५ सय ७८ जना फरार अभियुक्त पक्राउ गरी सकेको र यो अभियान निरन्तर चलिरहने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ६, २०७८     9:22:48 AM  |