8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

पि.वि.टि. वइस्ट इण्डष्ट्रिजद्धारा स्वास्थ्य सामग्री वितरण गर्न अभियान सञ्चालन (फाेटाे फिचर)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ ५, २०७८  

काेहलपुर । 

बाँकेको कोहलपुरमा रहेको पि.वि.टि. वइस्ट इण्डष्ट्रिज प्रा.लि.ले नेपालभरीका आइसोलेशन, अस्पताल, इलाका प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघ जस्ता क्षेत्रमा स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको छ ।

मंगलबार कोहलपुर नगरपालिका वडा नं. ९ स्थित पिपरीमा कार्यालय रहेको पि.बि.टि. वइस्ट प्रा.लि.ले महासंघलाई १ हजार थान सर्जिकल माक्स उपलब्ध गराएको थियाे । कोरोना भाईरसको महाविपदमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउँदै प्रा.लि. का संचालक कँडेलले आफुहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत पत्रकार महासंघलाई स्वास्थ्य सामग्री वितरण गरिएको बताए ।

यस्तै नेपाल पत्रकार महासंघ बाँके शाखालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । मंगलबार महासंघको कार्यालय नेपालगन्जमा पुगेर प्रालि.का संचालक प्रदिप कँडेलले महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

मंगलबार नै प्रा.लि.ले नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरलाई २ हजार थान सर्जिकल माक्स र ४० थान एन–९५ मास्क, इलाका प्रहरी कार्यालय कोहलपुरलाई २ सय ५० थान सर्जिकल माक्स र २० थान एन–९५ मास्क, पीपरीस्थित कृषि तालिम केन्द्रको आईसोलेसन केन्द्रलाई एन–९५ मास्क २ सय ६० थान र पाँच लिटर सेनिटाइजर तथा कोहललपुर नगरपालिकाद्धारा संचालित कोभिड अस्थाई अस्पताललाई २ सय ६० थान एन–९५ मास्क र पाँच लिटर सेनिटाईजर उपलब्ध गराईएको कँडेलले जानकारी दिए ।

यस्तै कम्पनीका वरीवरीका बाँसिन्दाहरूलाइ १५ सय माक्स समेत वितरण गरेकाे र  यो अभियान बैशाख २५ गतेबाट नेपालका सात वटै प्रदेशमा यो अभियान सञ्चालन गरेको कँडेलले बताए । आज काेहलपुर र नेपालगञ्ज गरी दुइ वटा अस्पताललाइ स्वास्थ्य सामग्री उपलब्ध गराउने कँडेलले बताए । उनका अनुसार अग्रपन्तीमा खटिने जाेकाेहीलाइ पनि हामीले उपलब्ध गराउने गरेका छाै, आवश्यकता परेकाे खण्डमा हाम्राे कम्पनीलाइ सम्पर्क गरे हामीले उपलब्ध गराउने बताए ।

 

प्रकाशित मितिः बुधबार, जेष्ठ ५, २०७८     9:34:56 AM  |