20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

देशभर थपिए ८,२०३ संक्रमित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ ५, २०७८  

कोहलपुर ।

पछिल्लो २४ घण्टामा मंगलबार देशभर ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार २८६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार १३६ जना र ६९३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ७२ हजार ३५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तीमध्ये पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जनासहित हालसम्म ३ लाख ५२ हजार ४१४ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ रहेको छ । उनीहरुमध्ये १ लाख ७ हजार ८२ जना होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ४४७ जना संस्थागत आइसोलेसनमा छन् । यस्तै १ हजार ५९० जनाको आईसीयू र ३९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै ९ वर्ष मुनिका १७१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष मुनिका ५१० जनामा कोरोना संक्रमण देखिएको थियो । थपिएका संक्रमितमध्ये २ हजार ६३५ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २ हजार ४९, ललितपुरका ३६५ र भक्तपुरका २२१ जना छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार २३४, प्रदेश २ मा ५१५, बागमती प्रदेशमा ३ हजार ९२१, गण्डकीमा, ६५०, लुम्बिनीमा १ हजार ४२, कर्णालीमा ४५८ र सुदूरपश्चिम प्रदेशमा ३१६ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा २,०४९ जना, मोरङमा ५०७, रूपन्देहीमा ३८०, ललितपुरमा ३६५, काभ्रेपलाञ्चोकमा ३१५ र चितवनमा ३०८ जना संक्रमित थपिएका छन् । यस्तै सुनसरीमा २९८, झापामा २५३, कास्कीमा २२९, भक्तपुरमा २२१ र पाल्पामा २०१ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतमा १९५, दाङमा १९१, धादिङमा १४५, धनुषामा १४०, सप्तरीमा १३३, जाजरकोटमा १२४, नुवाकोट र रामेछापमा १०९÷१०९ जना, सिन्धुपाल्चोक र गुल्मीमा १०५÷१०५ जना र तनहुँमा १०२ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै डोटीमा ९५, दोलखामा ९०, सिन्धुलीमा ८४, स्याङ्जामा ८०, कञ्चनपुरमा ७४, पर्सामा ७०, लमजुङमा ६३, गोरखामा ६०, दैलेखमा ५९,नवलपरासी पश्चिममा ५५, नवलपरासी पूर्वमा ५८ र अछाममा ५० जना कोरोना संक्रमित थपिएका छन् । रौतहट र बैतडीमा ४९÷४९ जना, महोत्तरीमा ४८, धनकुटामा ४५, सल्यानमा ४४, पर्वतमा ४३, डडेल्धुरामा ३९, अर्घाखाँचीमा ३७, सिरहामा ३६, बाँकेमा ३४, इलाममा ३३, तेह्रथुममा २६, उदयपुर र बारामा २५/२५ जना, ताप्लेजुङमा २२ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै रूकुम पश्चिममा १८, रसुवामा १६, जुम्लामा १५, सर्लाही र कपिलवस्तुमा १४÷१४ जना, म्याग्दीमा १२, बर्दियामा ११, सोलुखुम्बु र रोल्पामा १०÷१० जना, कैलालीमा ९, ओखलढुंगामा ७, मकवानपुरमा ५ जनामा कोरोना संक्रमित थपिएका छन् । भोजपुर र प्युठानमा ४÷४ जना, खोटाङ र बागलुङमा २÷२ जना तथा पाँचथर र संखुवासभा, मुस्ताङ, कालिकोट, मुगु र हुम्लामा १÷१ जना कोरोना संक्रमित थपिएका थिए ।

प्रकाशित मितिः बुधबार, जेष्ठ ५, २०७८     8:36:41 AM  |