25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

नेपालगञ्जमा मास्क बैंक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ४, २०७८  

नेपालगञ्ज ।

नयाँ भेरियन्टसहित दोस्रो चरणमा फैलिएको कोरोना संक्रमणले बाँकेमा भयावह स्थित उत्पन्न भएपछि विभिन्न सहयोग अभियान थालिएको
छ ।

कोरोना संक्रमितको उपचारका लागि अक्सिजन लगायत अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरिएकोमा नेपालगञ्जमा ‘मास्क बैंक’ पनि सञ्चालनमा ल्याइएको हो ।

मास्क बैंकको सोमबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलसम्शेर राणा र उप–प्रमुख उमा थापामगरले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

बागेश्वरी असल शासन क्लब (बास) नामक गैरसरकारी संस्थाले विभिन्न दाताको सहयोगमा कोभिड प्रतिकार्यमा खटिएका व्यक्ति तथा आम नागरिकका लागि मास्क बैंक सञ्चालनमा ल्याएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरमा सञ्चालनमा आएको मास्क बैंकलाई विभिन्न स्वदेश र विदेशमा रहेका दाताले सहयोग गरेको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ४, २०७८     9:21:16 AM  |