कोहलपुर ।
पुर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको अगैया नजिक अक्सिजन सिलिन्डर बोकेको जीप दुर्घटनामा परेको छ ।
नेपालगञ्जबाट अक्सिजन सिलिन्डर लिएर दाङको तुलसीपुरतर्फ जाँदै गरेको जीप सोमबार दिउँसो दुर्घटना परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मुगुवा खोलादेखि २ किलोमिटर अगाडी अगैयातर्फ जीप दुर्घटना भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए । जीप दुर्घटनामा मानवीय क्षती भने नभएको उनले बताए ।
दुर्घटनामा परेर जीपका चालक र सहचालक सामान्य घाइते भएका थिए । नेपालगञ्जस्थित प्रहरी अस्पतालबाट दाङ तुल्सीपुरको लागि अक्सिजन सिलिन्डर लिएर जीप जाँदै गरेको थियो ।
जीपले प्रहरी अस्पतालबाट २० थान ठूलो भरिएको अक्सिजन सिलिन्डर बोकेको थियो । जीपमा लोड गरिएको अक्सिजन सिलिन्डरलाई अर्को गाडीमा राखेर दाङ पठाइएको प्रहरी चौकी ढकेरीले जनाएको छ ।
तिव्र गतीका कारण जीप दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्