25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

एमाले बाँकेको १५ दिने जनसेवा अभियान शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ३, २०७८  

नेपालगन्ज।

नेकपा (एमाले) जिल्ला कमिटी बाँकेले २८ औ मदन–आश्रित स्मृति दिवसको अवसरमा कोरोना रोकथाम नियन्त्रण र संक्रमित विरामीको सहज रुपमा उपचारको लागि १५ दिने जनसेवा अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टीको आज बसेको पदाधिकारी बैठकले अभियान अन्तर्गत कोरोना संक्रमित विरामीहरुलाई सहज उपचार सेवा प्रदान गर्न वडास्तरमा खटिने, अस्पतालमा अक्सिजनको अभाव हुन नदिने, होमआइसोलेसनमा स्वास्थ्य लाभ गरिरहनुभएका संक्रमितहरुको मनोवल बढाउँदै आवश्यक सहयोग र समन्वयको लागि सञ्चालन गरिने १५ दिने जनसेवा अभियानलाई प्रभावकारी संचालन गर्न ८१ बडाहरुमा पार्टी प्रतिनिधि तोकिएको अध्यक्ष सूर्य ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, १५ दिने जनसेवा अभियान अन्तर्गत कोरोना संक्रमण रोकथामको लागि जारी निषेधाज्ञाका कारण अतिविप्नहरुलाई वडामै राहत संकलन गरि वडामै राहत वितरण गर्ने, होमआइसोलेसनमा बसेकाहरुको मनोबल उच्च बनाउने गरि परामर्श गर्ने, घर तथा उद्योगमा राखिएका अक्सिजन सिलिन्डरको खोजि गरि कोभिड अस्पतालमा जम्मा गर्ने अक्सिजन सिलिन्डरको अभाव हुन नदिने ,घरमा सबै कोरोना पोजिटिभ भएका भए सो घर परिवारलाई आवश्यक सबै सहयोग उपलव्ध गराउने, एम्बुलेन्स, औषधि अन्य बस्तुहरुमा हुने अनियामिता रोक्न खबरदारी गर्ने, स्वाथ्यकर्मी र सुरक्षा निकायमा खटिएकालाई सहयोग गर्ने, रगतको अभाव हुन नदिन रक्तmदान गर्ने, १५ दिने जनसेवा अभियान अनुगमनको लागि पार्टीका केन्द्रीय सदस्य मोहम्मद हारुन हलवाई संयोजक तथा बाबुराम गौतम, शान्ति ढकाल, आरती पौडेल, रामदास थारु, प्रेम भुषाल, बलिभद्र पुन, शिव डोटेल, पुजन विश्वकर्मा, बेदनिधि प्याकुरेल, डम्बर सुबेदी, नरेन्द्र शर्मा, होमप्रकाश सुबेदी, गोपाल गिरी,नरेन्द्र वली,नन्द विश्र्वकर्मा सदस्य रहेको अनुगमन समिति बनाईएको छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ ३, २०७८     3:29:07 PM  |