19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

बाँकेमा अक्सिजन सिलिन्डरको बोकेको गाडी दुर्घटना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ३, २०७८  

कोहलपुर ।

पुर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको अगैया नजिक अक्सिजन सिलिन्डर बोकेको गाडी दुर्घटनामा परेको छ । नेपालगञ्जबाट अक्सिजन सिलिन्डर लिएर दाङको तुलसीपुरतर्फ जाँदै गरेको जीप सोमबार दिउँसो दुर्घटना परेको हो ।

दुर्घटनामा कुनै मानवीय क्षती भने नभएको बताइएको छ ।

स्रोतका अनुसार दुर्घटनामा परेको जीप नेपालगञ्जस्थित प्रहरी अस्पतालबाट अक्सिजन सिलिन्डर लिएर लिएर तुलसीपुर गइरहेको थियो ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले दुर्घटनाबारे कुनै जानकारी नआएको जनाएको छ ।

May be an image of outdoors

प्रकाशित मितिः सोमवार, जेष्ठ ३, २०७८     3:25:51 PM  |