29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

स्टेशनरीद्धारा खाद्यान्न र स्वास्थ्य साम्रगी सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ३, २०७८  

नेपालगञ्ज ।

बाँकेका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमा रहेको अन्जली माता रसोइ सेन्टरलाई खाद्यान्न सहयोग गरेका छन् ।

पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको छाता संगठन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेले बिरामी तथा बिरामीका कुरुवाहरुलाई सस्तो मुल्यमा खाना खुवाउँदै आएको अन्जली माता रसोइलाई खाद्यान्न सहयोग गरेको हो ।

महासंघ बाँके शाखाका अध्यक्ष किशोर आचार्यको नेतृत्वमा अस्पताल परिसरमा नै पुगेर अन्जली माता रसोइलाई आइतबार खाद्यान्न सहयोग गरिएको थियो ।

नेपालगञ्ज उप–महानगरपालिकाकी उप–प्रमुख उमा थापामगरको खाद्यान्न हस्तान्तरण गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।

२ सय किलो चामल, २५ किलो दाल, एक कार्टुन तेल, २५ किलो पिठो, ५ किलो नुन र ५० किलो आलु प्रदान गरिएको महासंघ बाँके शाखाकी सचिव मिना डाँगीले जानकारी दिइन् ।

अन्जली माता रसोइ सेन्टरले बिहानको खाना २० रुपैयाँ र साँझको खाना ८० रुपैयाँमा खुवाउँने गरेको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेले जिल्ला प्रहरी कार्यालय बाँकेलाई समेत स्वास्थ्य साम्रगी प्रदान गरेको थियो ।

महासंघले बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानालाई विभिन्न स्वास्थ्य साम्रगीहरु हस्तान्तरण गरेको महासंघकी सचिव डाँगीले जानकारी दिए ।

उनका अनुसार प्रहरीलाई ४ हजार थान मास्क, ५ सय एमएलको सेनिटाइजर १० थान र ५ लिटरको सेनिटाइजर ३ थान प्रदान गरिएको थियो ।

प्रकाशित मितिः सोमवार, जेष्ठ ३, २०७८     1:28:37 PM  |