8 December 2021  |   बुधबार, मंसिर २२, २०७८

बाँकेका अस्पतालहरुमा थप ७ संक्रमितको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २, २०७८  

नेपालगन्ज ।

बाँकेमा कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा ६ जना र नेपालगन्ज मेडिकल कलेजमा एकजना गरि थप सात जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा मधुवन नगरपालिका-९ बर्दियाका ७१ वर्षिय पुरुष, बढैयाताल गाउँपालिका-१ बर्दियाका ५० वर्षिय पुरुष, गौरीगंगा गाउँपालिका- ४ बाँकेका ५२ वर्षिय पुरुष, रुम्टिगढी- ३ रोल्पाका ३५ वर्षिय पुरुष रहेका छन् ।

त्यस्तै संक्रमणकै कारण बढैयाताल गाउँपालिका- २ बर्दियाका ८७ वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका, १९ बाँकेका- ६० वर्षिय पुरुष र कोहलपुर नगरपालिका- १५ का ६७ वर्षिय पुरुषको समेत कोभिड संक्रमणका कारण उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

योसँगै जिल्लामा कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका १८३ जना र जिल्लाकै २३४ जनाले हालसम्म ज्यान गुमाईसकेका छन् ।

 

प्रकाशित मितिः आइतवार, जेष्ठ २, २०७८     9:15:43 AM  |