19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

बाँकेका अस्पतालमा थप ९ संक्रमितको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ३०, २०७८  

कोहलपुर ।

कोभिड संक्रमित बिरामीहरुको उपचार भैरहेको बाँकेका दुई ठूला अस्पतालमा थप ९ जनाको मृत्यु भएको छ। नेपालगन्ज स्थित भेरी अस्पतालमा तीन जना र मेडिकल कलेजमा ६ जना गरि थप ९ जना संक्रमितको मृत्यु भएको अस्पतालहरुले पुष्टि गरेका छन् ।

मृत्यु हुनेहरुमा नेपालगन्ज उपमहानगरपालिका-१ का ४३ वर्षिया महिला, राजापुर(६ बर्दियाका ५६ वर्षिया महिला, गुलरिया नगरपालिका-८ बर्दियाका ३२ वर्षिया महिला, तुलसीपुर उपमहानगरपालिका-६ दाङका ४३ वर्षिय पुरुष, बैजनाथ गाउँपालिका-६ बाँकेका ६४ वर्षिय पुरुष र तुलसिपुर उपमहानगरपालिका- ५ दाङका ३५ वर्षिया महिला हुनुहुन्छ ।

यस्तै जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीका अनुसार डुडुवा गाउँपालिका- ३ बाँकेका ५० वर्षिया महिला, नरैनापुर गाउँपालिका- ५ बाँकेका ४२ वर्षिय पुरुष र नेपालगन्ज उपमहानगरपालिका-१२ का ७५ वर्षिया महिलाको समेत कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।

केन्द्रको तथ्यांक अनुसार हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका १६३ जना र बाँकेकै २१३ जनाले ज्यान गुमाईसकेका छन् ।

प्रकाशित मितिः बिहिबार, बैशाख ३०, २०७८     10:22:43 AM  |