25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

बाँकेमा कोरोना कहर: ४८६ थपिदाँ, ४१४ डिस्चार्ज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख २९, २०७८  

नेपालगञ्ज ।

बाँकेको पछिल्लो २४ घण्टामा मंगलबार थप ४ सय ८६ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

जिल्लाका दुई प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ३६ महिला र २ सय ५० पुरुष गरेर ४ सय ८६ संक्रमित थपिएका हुन् ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ९१ महिला र १ सय ९८ पुरुष गरि ३ सय ८७ तथा बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा ४५ महिला र ५२ पुरुष गरि ९७ जनामा संक्रमण पुष्टि भएको थियो ।

नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट यसमा समावेश गरिएको छैन । यहाँको रिपोर्ट आएपछि संक्रमितको संख्या अझै थपिनसक्ने बताइएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार योसँगै बाँकेका कुल कोरोना संक्रमितको संख्या १४ हजार ३० पुगेको छ । तीमध्ये ५ हजार ९ सय २६ जना महिला र ८ हजार १ सय ४ जना पुरुषहरु रहेका छन् । पछिल्लो २४ घण्टामा मंगलबार बाँकेमा थप ४ सय १४ जना कोरोना जितेर घर फर्किएका थिए ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांकअनुसार १ सय ८९ महिला र २ सय २५ पुरुष डिस्चार्ज भएका छन् । अहिलेसम्म बाँकेमा कोरोना जितेर घर फर्किनेहरुको संख्या ९ हजार ६ सय २९ पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए । उनका अनुसार तीमध्ये कोरोना जित्नेहरुमा ३ हजार ८ सय ९० महिला र ५ हजार ७ सय ३९ पुरुष रहेका छन् ।

दुई साता यता कोरोना जितेर घर फर्किनेहरुको संख्या बढिरहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । पछिल्लो २४ घण्टामा बाँकेका विभिन्न कोभिड अस्पतालमा उपचाररत थप १८ जना संक्रमितको मृत्यु भएको थियो ।

बाँके जिल्लाभित्रका २ महिला र ५ पुरुष गरेर ७ जना तथा जिल्ला बाहिरका ३ महिला र ८ पुरुष गरेर ११ संक्रमितको उपचारको क्रममा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन ओलीले बताए ।

उनीहरु सबैको नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्ड र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा मृत्यु भएको थियो । योसँगै बाँकेका ८० महिला र १ सय १८ पुरुष गरि १ सय ९८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

जिल्ला बाहिरका संक्रमितको उपचारका क्रममा बाँकेमा ४५ महिला र १ सय ७ पुरुष गरेर १ सय ५२ को मृत्यु भएको छ । मंगलबार साँझसम्म बाँकेमा ४ हजार २ सय ३ जना सक्रिय संक्रमित रहेका थिए । तीमध्ये १ हजार ९ सय ५६ महिला र २ हजार २ सय ४७ पुरुष रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ ।

सक्रिय संक्रमितमध्ये १ हजार ८ सय ४३ महिला र १ हजार ९ सय ८७ पुरुष गरेर ३ हजार ८ सय ३० जना होम आइसोलेसनमा रहेका छन् । २ सय ३४ महिला र २ सय ७७ पुरुष गरेर ५ सय ११ जनाको अस्पताल तथा आइसोलेसनमा सेन्टरहरुमा रहेका छन् ।

प्रकाशित मितिः बुधबार, बैशाख २९, २०७८     9:22:24 AM  |