पीसिआर रिपोर्ट कुर्दाकुर्दै बिरामीको ज्यान गएपछि रिक्सामा शव बोकेर घर जाँदै आफन्ती । तस्बिर : डा. देवेन्द्र आचार्य
कोहलपुर ।
बाँके कोहलपुर नगरपालिका—५ का ५९ वर्षीय पुरुषको पीसीआर रिपोर्ट कुर्दाकुर्दै अस्पतालमा ज्यान गएको छ ।
शुक्रबार ३ बजेतिर नेपालगन्ज मेडिकल कलेज कोलहपुरमा परिवारले बिरामी ल्याएर अस्पताल प्रांगणमा पीसीआर रिपोर्ट पर्खेका थिए ।
पीसीआर कुर्दाकुर्दै बिरामीको मृत्यु भएपछि आफन्तीले रिक्सामा राखेर कालो प्लास्टिकले बेरेर शव घर लगेको तस्बिर कोहलपुर मेडिकल कलेज नेपालगन्जका डा. देवेन्द्र आचार्यले खिचेका छन् ।
उनले फेसबुक पोस्टमा संक्रमितको अवस्था दिनानु दिन बढ्दै गएकोले मनोबल बढाउन अनुरोध समेत गरेका छन् ।
प्रकाशित मिति : २०७८ वैशाख २४ गते शुक्रबार










प्रतिक्रिया दिनुहोस्