1 May 2024  |   बिहिबार, बैशाख २०, २०८१

नेपालगञ्जमा कोरोनाबाट तीन दाजुभाईको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख २४, २०७८  

नेपालगन्ज ।

कोरोना भाइरस महामारीबाट बाँके नेपालगन्जमा एकैघरका तीन दाजुभाईको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका, ३ का इम्तियाज अहमद, एजाज अहमद र जहीर अहमदको मृत्यु भएको हो ।

उनीहरुको एक–एक दिनको फरकमा मृत्यु भएको थियो । जहीरको मृत्यु भएको भोलि पल्ट एजाजको मृत्यु भएको थियो । त्यस्को भोलिपल्ट शुक्रबार वबहान इम्तियाजको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

सात दाजुभाई मध्ये जहीर कान्छा हुन भने एजाज राइलो र इम्तियाज काइलो हुन् । उनीहरु सबैको भेरी अस्पतालमा मृत्यु भएको थियो । एउटै परिवारको तीन दाजुभाईको मृत्युपछि परिवारमा ठूलो बज्रपात परेको छ ।

प्रकाशित मितिः शुक्रबार, बैशाख २४, २०७८     2:25:51 PM  |