5 December 2021  |   आइतवार, मंसिर १९, २०७८

सुन आज तोलामा ११ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख २४, २०७८  

काठमाण्डाै – सुनको भाउ आज पनि बढेको छ । सुन आज तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

हिजो तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एकैदिन तोलामा एघार सय रुपैयाँ बढेको हो ।  त्यस्तै चाँदीको भाउ पनि बढेको छ ।

हिजो तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १३ सय ५० रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ ।ujyaaloonline.com

प्रकाशित मितिः शुक्रबार, बैशाख २४, २०७८     12:16:32 PM  |