26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

बाँकेमा थप ३८३ मा कोरोना संक्रमण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७८  

बाँके – बाँकेको भेरी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा मंगलबार थप ३८३ जनामा कोरोना संक्रमण देखिएको छ ।

आइतबार संकलन गरिएका ४७६ जनाको स्वाबको नमुना जाँच गर्दा बाँके लगायत अन्य जिल्लाका गरी मंगलबार ३८३ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । २०६ जना पुरुष र १७७ महिलामा संक्रमण पुष्टि भएको हो ।

३८३ जनामध्ये, अधिकांस बाँकेका २९९ जनामा संक्रमण देखिएको छ । जसमध्ये, नेपालगन्ज उपमहानगरपालिकाका २३६ जना र कोहलपुर नगरपालिकाका २५ जना रहेका छन । बाँकी अन्य पालिकाका रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार, २० देखि ४० वर्ष उमेरका समुह सबैभन्दा प्रभावित भएका छन । २० वर्षभन्दा कम उमेर समुहका पनि ५२ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी, अस्पतालले हालसम्म ५८२९४ जनाको कोरोना परिक्षण गरेकोमा ७९५५ जनामा संक्रमण पुष्टि भएको बताएको छ ।

अस्पतालले हालसम्म ९५० संक्रमितको उपचार गरिसकेको छ । जसमध्ये ८१७ जना (८६%) निको भएर घर फर्किसकेका र १९८ जनाको हाल कोभिड वार्डमा उपचाररत रहेको जनाएको छ ।

संकलित नमुनाको चाप र डाटा इन्ट्री सफ्टवेयरमा आएको समस्याले गर्दा १२ गते आइतबारको रिपोर्ट आज सार्बजनिक गर्नुपरेको पनि बताएको छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७८     1:46:50 PM  |