16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

कोहलपुरका प्रमुखलाई ‘के्रटा कार’ उपहार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७८  

कोहलपुर ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले कोहलपुरका प्रमुख लुटबत्रहादुर रावतलाई के्रटा कार उपहार दिएको छ । कोरोना महामारीको समयमा कोहलपुर नगरपालिकाले महंगो मूल्यमा कार खरिद् गरेको विरोधमा अखिलले आइतबार नगरप्रमुख रावतको कार्यकक्षमै गएर सांकेतिक विरोध स्वरुप के्रटा कार उपहार दिएको हो ।

उक्त अवसरमा अखिलले महामारीको समयमा एउटा एम्बुलेन्स समेत नभएको अवस्थामा लाखौँ मूल्यका कार गर्ने जस्तै गैरजिममेवार सुविधा भोगी, विलासिता, भ्रष्टाचार उन्मुख कार्य, अनियमितता जस्ता कार्य बन्द गर्न आह्वान गर्दै ध्यानाकर्षण पत्र समेत बुझाइएको थियो । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कोहलपुर नगर कमिटीका संयोजक लक्ष्मण मानवले प्रमुख रावतलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

संयोजक मानवद्धारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन नियम, कानुन तथा जनभावना विपरित नगरपालिकाले लाखौँ मूल्य बराबरको के्रटा कार खरिद् गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । ‘अहिले कोरोनाका कारण महामारीको अवस्था
छ । अहिलेसम्म कोहलपुरमा एउटा पनि एम्बुलेन्स छैन । तर लाखौँ मूल्य बराबरको कार खरिद् गरिएको छ । यस्तो हदैसम्मको घृणित कार्यप्रति नगरपालिकालाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौ ।’ उक्त पत्रमा भनिएको छ ।

यस्तै कोरोना कहरको समयमा यसको व्यवस्थापनका लागि शुसासन सहितको सेवा प्रवाह गर्न आग्रह गरिएको छ । अन्यथा अखिल क्रान्तिकारी यस्ता गलत क्रियाकलापको भण्डाफोर गर्न बाध्य हुने चेतावनी दिइएको छ । उक्त ध्यानाकर्षण पत्र बुझ्दै कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले विद्यार्थीहरुको माग प्रति आफू गम्भीर भएको बताएका थिए ।

उनले पछिल्लो समय कोहलपुरमा कार खरिद्को विषयमा चर्चामा आएको बारेमा आफू जानकारी रहेको बताए । रावतले कोहलपुर नगरपालिकालाई आवश्यक परेर कार्यपालिकाको बैठकको निर्णय अनुसार कार खरिद् गरिएको स्पष्टिकरण दिए । उक्त अवसरमा उनले भने, ‘कोहलपुर नगरपालिकामा सबै काममा उपयुक्त हुने गाडी किन्ने निर्णय भएको हो । तर के्रटा कार खरिद् भयो । जुन हामीलाई आवश्यक थियो । यसमा केही आन्तरिक कारण छन् ।’

यस्तै कोरोना महामारीको समयमा कोहलपुर नगरपालिका भाडाको एम्बुलेन्स २४ घण्टा तयारी अवस्थामा रहेको पनि बताएका थिए । कोहलपुर नगरपालिकाले एम्बुलेन्स खरिद्को लागि रकम विनियोजन गरिसकेकोले केही समयमा कोहलपुरमा आफ्नै एम्बुलेन्स हुने प्रमुख रावतले बताए । कोरोना महामारीको समस्या एम्बुलेन्स समेत नभएको नगरपालिकामा र कार किनेको भन्दै विभिन्न माध्यमबाट विरोध भइरहेको छ ।

प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७८     2:11:39 PM  |