9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

बाँकेमा लकडाउनको घोषणा (सूचनासहित)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख १२, २०७८  

बाँकेमा लकडाउनको घोषणा गरीएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले भोली (सोमबार) १३ गतेदेखी आगामी बैशाख २० गते राती १२ बजेसम्मकालागि लकडाउनको आदेश जारी गरेको हो ।

जिल्लाभर लकडाउन जारी गरीएसँगै बाँकेका ८ वटै पालिकामा हिडडुल, सभा, जुलुश लगाएतका गतिविधिमा रोक लगाईने भएको छ । लकडाउनको उलङ्घन गर्नेलाई संक्रामक रोग ऐन २०२० र स्थानिय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरीने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्धारा जारी आदेशमा उल्लेख गरीएको छ ।

प्रकाशित मितिः आइतवार, बैशाख १२, २०७८     4:51:40 PM  |