20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

अक्सिजन खरिद्को लागि सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख १२, २०७८  

कोहलपुर :
राष्ट्रिय युवा संघ बाँकेले नेपालगञ्जस्थित भेरी अस्पताललाई आर्थिक सहयोग गरेको छ । भेरी अस्पतालमा कोरोना संक्रमितलाई अक्सिजन अभाव भइरहेको भन्दै बिरामीलाई अक्सिजन खरिद् गर्नको लागि संघले आर्थिक सहयोग गरेको हो ।

राष्ट्रिय युवा संघ बाँकेका अध्यक्ष तिलकवीर सुनारलले अस्पताललाई १ लाख ३२ हजार ७ सय ५० नगद हस्तान्तरण गरिएको बताए । अध्यक्ष सुनारसहित संघको टोलीले भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताललाई शनिबार अस्पताल प्राङ्गणमा पुगी नगद रकम हस्तान्तरण गरेको थियो ।

नगद सहयोगपछि बन्दै राष्ट्रिय युवा संघ बाँकेका अध्यक्ष सुनारले संघ महामारीबाट सिर्जित अवस्था न्युनिकरणको लागि सहयात्री बनेको बताए । उनका अनुसार संघले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन खरिद् गर्नको लागि सहयोग गरिएको हो । उनी भन्छन्,
‘अहिले बाँके कोरोनासँग लडिरहेको छ । अक्सिजन नपाएर बिरामीको दुःखद निधन भइरहेको छ । संघको तर्फबाट सक्दो सहयोग गरेका छौं । यस्तो बेलामा सबैको सहयोग छ ।’ उक्त अवसरमा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले भेरी अस्तपालले महामारीको सामना गरिरहेको बताए ।

प्रकाशित मितिः आइतवार, बैशाख १२, २०७८     11:09:21 AM  |