20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बाँकेको कोहलपुर नगरपालिकामा एक सता लकडाउन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख ११, २०७८  

कोहलपुर :
बाँकेको कोहललपुर नगरपालिकामा आइतबार राती १२ बजेदेखि लागु हुने गरी लकडाउन हुने भएको छ । नगरपालिका क्षेत्रमा दैनिक कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि एकसाताका लागि लकडाउन गर्ने निर्णय भएको हो ।

शनिबार दिउँसो बसेको कोहलपुर नगरपालिका स्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागु हुनेगरी आगामी बैशाख १९ गते राति १२ बजे सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो । कोहलपुरमा कोरोना संक्रमण दैनिक रुपमा बढ्न थालेपछि कोरोना संक्रमणको चेन तोड्नको लागि लडाउन गर्ने निर्णय गरिएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए ।

उनका अनुसार संक्रमितको उपचार तथा व्यवस्थापनका लागि २५ बेडको अक्सिजन सहितको अस्पताल सञ्चालनमा ल्याइनेछ । शनिबारसम्मको तथ्यांक अनुसार कोहलपुरमा २ सय ६१ ज्ना कोरोना संक्रमित छन् ।

ती मध्ये १ सय ५४ जना पुरुष र १ सय ७ जना महिला रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

अहिले कोहलपुरमा ९ जना संक्रमित कोभिड अस्पतालमा उपचारत छन् ।

अन्य संक्रमित भने होम आइसोलेसनमा रहेको कोरोना फोकस पर्सन गेहराज खनालले बताए । उनका अनुसार पछिल्लो एकसातामा कोहलपुरमा कोरोनाका कारण ५ जनाको मृत्यु भइसकेको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा पनि लकडाउन गरिएको छ ।

प्रकाशित मितिः शनिबार, बैशाख ११, २०७८     5:17:31 PM  |