5 December 2021  |   आइतवार, मंसिर १९, २०७८

भेरीमा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ९, २०७८  

कोहलपुर :

बाँकेको भेरी अस्पताल नेपालगन्जमा बिहिबार थप २ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालले कुल २ सय चार जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

गएको सात गते ३ सय ५० नमुना संकलन गरिएको थियो । त्यसको परीक्षण गर्दा २ सय ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले सबै पालिकामा अक्सिजन सहित को आइसोलेसन सेन्टर बनाउन अनुरोध गरेका छन् ।

प्रकाशित मितिः बिहिबार, बैशाख ९, २०७८     11:46:58 AM  |