20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कोहलपुरमा पहिलोपटक रेकडिङ्ग स्टुडियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ९, २०७८  

कोहलपुर :
बाँकेको कोहलपुर नगरपालिकामा सुविधा सम्पन्न रेकडिङ्ग स्टुडियो खोलिएको छ । नगरपालिकाको वडा नम्बर १४ हवल्दारपुरमा तानसेन रेकडिङ्ग स्टुडियो खोलिएको हो । तानसेन रेकडिङ्ग स्टुडियोको बुधबार एक कार्यक्रमका बीच उद्घाटन समेत गरिएको छ ।

स्टुडियोको प्रबन्ध निर्देशक सरदार अहमत खाँनले रिबन काटेर उद्घाटन गरेका हुन् । उक्त अवसरमा बोल्दै कोहलपुरमा गीत, संगीत सम्बन्धी गुणस्तरीय सेवा प्रदान गर्नको लागि तानसेन रेकडिङ्ग स्टुडियो स्थापना गरिएको जानकारी दिए ।

उनका अनुसार अब कुनैपनि गीत रेकर्ड गर्नको लागि मिक्सिङ गर्न र म्यूजिक भिडियो बनाउनको लाागि काठमाडौँ धाइरहनु पर्दैन । उक्त स्टुडियो कुल पाँच लाग लागतमा स्थापना गरिएको हो । प्रबन्ध निर्देशक खाँन अन्य ठाउँको तुलनामा शौलियत मूल्यमा गुणस्तरीय गीत रेकर्ड गर्न सकिने बताउँछन् ।

‘अब कसैले गीत रेकर्ड गराउन धेरै खर्च गरेर अन्त जानु पर्देन ।हाम्रै कोहलपुरमा स्टुडियो खोलिसकेको छ । हामी तपाईहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि आएका छौ । नयाँ नयाँ प्रतिभालाई स्वागत गर्न आतुर छौ ।’ उनले भने ।

तानसेन रेकडिङ्ग स्टुडियोका म्युजिक ऐरेन्जर बलु तामाङले बाँके जिल्लामा लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउने,कलाको सम्मान गर्ने र गीत संगीत क्षेत्रको संरक्षण गर्ने उद्देश्यले स्टुडियो खोलिएको बताए । उनका अनुसार अनुसार मध्य तथा सुदूरपश्चिम क्षेत्रलाई समेट्ने गरी स्टुडियो खोलिएको उनको भनाइ छ ।

यहाँका विभिन्न समुदाय, संस्कृति र परम्परा रहेको भन्दै रेकर्डका माध्यमबाट संरक्षण र प्रवद्र्धन गरिने बताए । गीत रेकर्ड गर्नको लागि काठमाडौँको स्टुडियो मै प्रयोग हुने माइक, कम्प्युटर, हेडफोन तथा लाइफ बाजाहरुको समेत व्यवस्था रहेको छ ।
काठमाडौँमा ३० हजारमा गीत फाइनल हुने भएपनि कोहलपुरमा एउटा गीतको कम्तिमा २० हजार रुपैयाँ मात्रै लाग्ने उनले जानकारी दिए । उनका अनुसार यहाँ स्टुडियो चार्ज समेत न्युन रहेको छ ।

केन्द्रका गायक गायिकाहरुसँग गीत गाउनको लागि पनि व्यवस्था मिलाइएको बताइएको छ । तानसेन रेकडिङ्ग स्टुडियोका प्रबन्ध निर्देशन खाँन म्युजिक एरेन्जर तामाङ सहित भिडियो व्यवस्थापक विष्णु चौधरी र सुधन चौधरी रहेका छन् ।

प्रकाशित मितिः बिहिबार, बैशाख ९, २०७८     11:27:33 AM  |