25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

एकैदिन कोहलपुरका दुई संक्रमितको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख ७, २०७८  

कोहलपुर ।

बाँके कोहलपुर नगरपालिकाका दुई संक्रमितको सोमबार साँझ मृत्यु भएको छ । कोहलपुर, २ की बर्दहवाकी ३५ वर्षीया महिला र कोहलपुर २ कै ७७ वर्षीय पुरुषको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

३५ वर्षीया महिलाको सोमबार दिउँसो ३ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको थियो । उनको पीसीआर पोजिटिभ रिपोर्ट भने राती मात्र आइपुगेको थियो ।

स्वास्थ्य समस्या आएपछि उनी सोमबार बिहान मात्र अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् ।

यस्तै सोमबार राती नै कोहलपुर २ का ७७ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि उनीलाई उपचारका लागि सोमबार बिहान मेडिकल कलेज ल्याइएको थियो ।

पीसीआर परीक्षणको लागि स्वाब दिएर घर लगिएपछि साँझ रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा अस्पतालको गेटैमा मृत्यु भएको हो । योसँगै कोरोना संक्रमण मृत्यु हुनेको संख्या बाँकेमा ६३ जना पुगेको छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख ७, २०७८     7:50:30 AM  |