कोहलपुरका कोरोना संक्रमित ७५ वर्षीय बृद्धको होम आइसोलेसन मै मृत्यु



कोहलपुर  :

बाँकेको कोहलपुरका एक कोरोना संक्रमित ७५ वर्षीय बृद्धको मृत्यु भएको छ।

कोहलपुर नगरपालिका १४ का ७५ वर्षीय बृद्धको घरमै मृत्यु भएको हो।

उनलाई वैशाख ५ गते कोहलपुर मेडिकल कलेजमा कोरोना पुष्टि भएको थियो ।

ती बृद्ध होम आइसोलेसन मै थिए । उनको आइतबार राति १२ बजेतिर घरमै मृत्यु भएको जनाइएको छ । बृद्ध दीर्घरोगी थिए। उनको भारतमा उपचार गराइएको थियो । बैशाख ४ गते भारतबाट घरमा ल्याइएको थियो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ जना पुगेको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ वैशाख ६ गते सोमबार