8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

ज्ञानोदय पुस्तकालयको सम्मान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख ४, २०७८  

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले नयाँ वर्षको शुभकामना आदानप्रदान, पुस्तक ग्रहण तथा सम्मान कार्यक्रम गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बीच विभिन्न संघ संस्थामा नवनिर्वाचितलाई सम्मान गरेको हो । कोहलपुर उद्योग बाणिज्य संघ, क्रिसा बाँके र नेपाल पत्रकार महासंघमा निर्वाचित कार्यसमितिलाई सम्मान गरिएको थियो ।

सोही अवसरमा नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान र पुस्तक ग्रहण समेत गरिएको पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिए ।

कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत, पुस्तकालयका भट्टराई लगायतले खादा ओढाएर सम्मान गरेका थिए । उक्त अवसरमा बोल्दै नगर प्रमुख रावतले सबै संघ संस्थाहरु बीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए ।

‘कोहलपुर क्षेत्रको विकासको लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्न जरुरी छ’ उनले भने, ‘कोहलपुर नगरपालिकाले यो कुरामा तयार छ ।’ कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले सबैसँग सहकार्य गरेर सघं अगाडि बढ्ने बताएका थिए ।

कोहलपुरलाई चिनाउन सबै संघ संस्थाहरु आफ्नो स्थानबाट लाग्नुपर्नेमा उनले जोड थियो । सोही अवसरमा लायन्स क्लब काठमाडौंले पुस्तकायलाई केही थान विभिन्न पुस्तकहरु प्रदान समेत गरेको थियो ।

सोही अवसरमा नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

प्रकाशित मितिः शनिबार, बैशाख ४, २०७८     11:27:53 AM  |